Browsing Category
समाचार
कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन
काठमाडौँ; राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । त्यस्तै…
पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने
काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ ।
गुजरातले पारसलाई बिहीबार अक्सनबाट टोलीका अनुबन्ध गरेको हो । गुजरातले पारस अनुबन्धका…
१०४ अधिकृत दीक्षित
काठमाडौँ: एकैदिन १०४ जना शाखा अधिकृतहरु दीक्षित भएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि उनीहरुलाई दीक्षित गरेको…
सहकारी ठगीमा रवि लामिछानेको संलग्नताको प्रमाण छानबिन समितिलाई दिएका छौँः गगन थापा
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै…
जोमसोम–पोखरा हवाई सेवा झन्डै २ महिनापछि पुनः सञ्चालनमा
काठमाडौँ: मुस्ताङको जोमसोम र कास्कीको पोखरा हवाई सेवा झन्डै दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण गएको असार १७ गतेदेखि स्थगित भएको थियो ।…
मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा जुट्यो सहमति
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ ।…
माओवादी केन्द्रको परामर्श बैठक : सुदूरपश्चिमका ६३ नेताले दिए सुझाव
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक बिहीबार सकिएको छ ।
बुधबारदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।…
पाँच दिनमै पुन बढाइयो अन्डाको मूल्य
काठमाडौँ : पाँच दिनअघि बढेको अन्डाको मूल्य भदौँ १४ गते शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले…
शेयर बजार आज ३६ अङ्कले घट्यो
काठमाण्डाै : हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स,…
रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग
काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरे।
शुन्य समयमा बोल्दै…