Online News Portal

शिवगंगामा पुल निर्माणका लागि रास्वपाका सक्रिय सदस्य प्राञ्जल विश्वकर्माको पहल

प्रकाशित: २३ भाद्र २०८३, मंगलवार १५:२६ | लेखक: मालिका खबर

धनगढी ।धनगढी उपमहानगरपालिका–१६ स्थित शिवगंगा क्षेत्रबाट बेहडाबाबा मन्दिर जोड्ने सडकमा पुल निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सक्रिय सदस्य प्राञ्जल विश्वकर्माको टिमले पहल थालेको छ।

शिवगंगा क्षेत्रमा पुल नहुँदा स्थानीय बासिन्दा तथा बेहडाबाबा मन्दिरमा आउने भक्तजनले आवतजावतमा समस्या भोग्दै आएका छन्। विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत जोखिमपूर्ण हुने गरेको छ।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै विश्वकर्माको टिमले सडक विभाग, पुल महाशाखा काठमाडौंलाई पत्र पठाएर शिवगंगा क्षेत्रमा पुल निर्माणका लागि आवश्यक पहल तथा बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको हो।

पत्रमा पुल नहुँदा स्थानीय बासिन्दासँगै मन्दिरमा आउने भक्तजनसमेत प्रभावित भइरहेको उल्लेख गरिएको छ। वर्षायाममा समस्या अझ गम्भीर हुने भएकाले सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएर पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।

रास्वपाका सक्रिय सदस्यसमेत रहेका प्राञ्जल विश्वकर्माले आफ्नो टिममार्फत स्थानीयको समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउँदै पुल निर्माणका लागि पहल गरेका हुन्। पुल निर्माण भएपछि धनगढी–१६ का स्थानीय तथा बेहडाबाबा मन्दिरमा आउने भक्तजनलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।