Online News Portal

पक्राउ परे नेविसंघका १० कार्यकर्ता, शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन

काठमाडौं :  शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल कमर्स क्याम्पस इकाइद्वारा आयोजित प्रदर्शनका क्रममा निषेधित…

नेपालमै पहिलो पटक घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल

काठमाडौं : नेपालमा पहिलो पटक न्युरो इन्टरभेन्सन प्रविधिमार्फत घाँटीबाट तार छिराएर मस्तिष्क पक्षघातको उपचार सफल भएको छ। पाटन अस्पतालमा गरिएको यो उपचारले मस्तिष्क पक्षघात पीडितका लागि नयाँ आशा दिएको छ। अस्पतालका न्युरो इन्टरभेन्सनिस्ट डा.…

बालुवाटारमा मन्त्री गुप्ता, घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको कारबाही तयारी

काठमाडौं :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सोमबार बिहान पौने ११ बजे उनी बालुवाटार पुगेका हुन्। ७८ लाख रुपैयाँ घुससम्बन्धी डिल भएको अडियो…

सुनचाँदीको मूल्यमा वृद्धि, आजको कारोबार दर कति ?

काठमाडौं :  नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ। आइतबार यसै सुनको दर १…

प्रतिनिधिसभा बैठक आज, सांसदका प्रश्नको जवाफ दिन मन्त्री तयारीमा

काठमाडौं: संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने…

मानुषी लघुवित्तको सेयर रजिष्ट्रार जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई

काठमाडौं: मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिएको छ। अबदेखि नेपाल एसबिआई मर्चेन्ट बैंकिङले संस्थाका सेयर कारोबारसम्बन्धी सम्पूर्ण अभिलेख…

लमजुङमा भान्सा सुधार र स्वस्थ जीवनशैली प्रवर्द्धनमार्फत रोग न्यूनीकरण अभियान सुरु

काठमाडौँ : भान्सा सुधार र स्वस्थ जीवनशैली प्रवर्द्धनमार्फत जटिल रोगको जोखिम कम गर्न सकिने विश्वासका साथ लमजुङमा विशेष कार्यक्रम सम्पन्न भएको छ। प्रदेश आयुर्वेद चिकित्सालय लमजुङको आयोजनामा सो कार्यक्रम सुन्दरबजार नगरपालिका–९ मा सम्पन्न भएको…

“विधानको टिप्पणी संगठनात्मक अराजकता हो : महासचिव शंकर पोखरेल”

काठमाडौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित पार्टी विधानबारे सार्वजनिक टिप्पणी गर्नु संगठनात्मक अराजकतासँग तुल्य हुने बताएका छन्। जनसंगठनका पदाधिकारी तथा इन्चार्जहरूसँगको भेलामा उनले पार्टी अनुशासनको उल्लंघन…

भोटेकोशी बाढीमा वेपत्ता भएका सबैको पहिचान खुल्यो, तीन प्रहरीसहित १८ जनाको नाम सार्वजनिक

काठमाडौँ : गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित लेन्दी खोलामा मंगलबार बिहान साँढे तीन बजे आएको भीषण बाढीमा वेपत्ता भएका सबै १८ जनाको पहिचान खुलेको छ। वेपत्तामध्ये तीनजना प्रहरी, छजना चिनियाँ नागरिक, तीनजना नेपाली गाडी चालक र अन्य नेपाली…

कालीमाटीमा आँपको भाउ फेरि चुलियो, मालदह र दसहरी किलोको १०० रुपैयाँ पुग्यो

काठमाडौं :  कालीमाटी फलफूल तथा तरकारी बजारमा मालदह र दसहरी जातका आँपको मूल्यमा एकैदिन १०–१० रुपैयाँले वृद्धि भएको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार, सोमबार मालदह र दसहरी आँप क्रमशः ९० रुपैयाँ प्रतिकिलोमा बिक्री…