Online News Portal

सुनचाँदीको मूल्यमा वृद्धि, आजको कारोबार दर कति ?

प्रकाशित: ३० असार २०८२, सोमबार ०५:२३ | लेखक: मालिका खबर

काठमाडौं :  नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ। आइतबार यसै सुनको दर १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। आइतबार प्रति तोला २२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २३ सय १५ रुपैयाँ पुगेको छ।

मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागको आधारमा भएको अनुमान गरिएको छ।

 

Ask ChatGPT