Browsing Category
समाचार
बरफले ढाकिएको अन्टार्टिका पुग्ने पहिलो नेपाली भुवनसिंहको अनुभव
काठमाडौँ: बाग्लुङका भुवनसिंह विश्वकर्मा अन्टार्टिका पुग्ने पहिलो नेपाली हुन् । बाग्लुङमा २०११ सालमा जन्मिएका उनी भारतीय सेनामा कार्यरत रहँदा दुई पटक अन्टार्टिका पुग्न सफल भए ।
लोकसेवा आयोगको पुस्तकमै अन्टार्टिकामा पुग्ने पहिलो नेपाली को…
रास्वपाको कार्यशालामा समूहगत छलफल
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ ।
पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव…
भारतीय विदेशसचिव मिश्री भोलि नेपाल आउँदै
काठमाडौँ : भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध…
दुई दिनमा ललितपुरका सात जनामा हैजा पुष्टि:
काठमाडौं : पछिल्लो २४ घण्टामा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा तीन जनालाई हैजा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर हैजा संक्रमितको…
काठमाडौंमा विद्युतीय सवारीसाधनको र्याली सम्पन्न
काठमाडौं: विद्युतीय सवारीसाधनको प्रयोग र प्रवर्द्धनका लागि जनचेतनामूलक र्याली सम्पन्न भएको छ।
शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा विद्युतीय सवारीसाधनको र्याली सम्पन्न भएको हो।
नेपाल विद्युत प्राधिकरणले…
बाढीपहिरो लगायत विपद्मा परी १७० जनाको मृत्यु
काठमाडौं: अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ …
पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँले सिद्धिचरणको भन्दै लेखनाथ पौडेलको कविता सुनाएपछि
काठमाडौं: साउन १ गतेबाट पशुपति क्षेत्रमा जारी कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् ।
पशुपतिको कोटीहोमको व्यासासनमा बसेका कृष्णले आफूलाई यस…
नागपञ्चमीको अवसरमा टौदहमा मेला
काठमाडौं: काठमाडौँको दक्षिण भेगमा पर्ने टौदहमा नागको पूजा गर्न आज भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो ।
नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा…
लाखे नाच सुरु
काठमाडौँ: स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।
नेवार समुदायको मात्र लाखे नाच भन्ने…
विश्व आदिवासी दिवस मनाइयो
काठमाडौँ : ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ ।
मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले…