Online News Portal
Browsing Category

समाचार

भक्तपुरमा उल्लास र श्रद्धाको संगम — गाईजात्रा पर्व धुमधामसँग मनाइँदै

भक्तपुर, नेपाल : आज भक्तपुरका नेवार समुदायले एक वर्षभित्र दिवंगत भएकाको आत्मा मोक्ष प्राप्त होस् भन्ने कामनासहित गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। यो पर्वमा शोकलाई हास्यमा बदल्ने अनौठो परम्परा छ, जसमा आँसु र हाँसो दुवै…

महाकालीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन रोक

काठमाडौँ:  महाकाली नदीमा पानीको बहाव तीव्र गतिमा बढेपछि शारदा ब्यारेजमार्फत चारपाङ्ग्रे सवारीसाधनको आवागमन तत्काल प्रभावबाट रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बिहीबार राति…

पार्टी एकताको सरगर्मीमा नारायणकाजी र घनश्याम भुसालको हात्तीवनमा घण्टाभरको गोप्य वार्ता

काठमाडौं :  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच शुक्रबार हात्तीवनमा करिब एक घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ। श्रेष्ठको निवासमा बसेको उक्त छलफल पार्टी एकताको…

सुनको मूल्य उकालो – तोलामा १ लाख ९९ हजार ४ सय पुग्यो

काठमाडौँ :  नेपाली बजारमा शुक्रबार सुनको मूल्य निरन्तर उकालो लाग्दै झन्डै २ लाखको नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक हजारले बढेर १ लाख…

उत्तराखण्ड बाढीमा २२ नेपाली बेपत्ता, धादिङका ४ जनाको पनि आशंका

काठमाडौँ : भारतको उत्तराखण्डमा हालै आएको भीषण बाढी र पहिरोमा धादिङका चार जना नेपाली समेत बेपत्ता भएको आशंका गरिएको छ। ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ घटना हुनुअघि परिवारसँग…

“भिल्लारियलमा भित्रिँदै पूर्व आर्सनल स्टार थोमस पार्टे, यौन हिंसा मुद्दा अझै अदालतमा”

काठमाडौँ : फुटबल मैदानमा आफ्नो बलियो उपस्थिति देखाएका घानाका मिडफिल्डर थोमस पार्टे अहिले नयाँ क्लबसँग जोडिएका छन्—तर यसपटक कथा मैदानको भन्दा बाहिर बढी तातिएको छ। ३२ वर्षीय पार्टे स्पेनको ला लिगा क्लब भिल्लारियलमा आवद्ध भएका छन्। उनी हालै…

विदेशको सपना त्यागेर गाउँमै खेती: अकबरे खुर्सानी फले पनि बजारको अभावले किसानको मन दुख्यो

काठमाडौँ : गाउँको हरियो बारीमा अकवरे खुर्सानी लटरम्म फलेको छ। टुप्पा फर्किएको रातो टुकी झैँ झल्किने ती खुर्सानीहरूले दृश्य त रंगीन बनाएका छन्, तर किसान निर्मल पुन मगरको मन भने बेचैन छ — कारण, बजार छैन। पर्वतको जलजला गाउँपालिका–९, बनौंका…

हार्दिक आइभिएफको नि:शुल्क आइयुआई क्याम्प भदौ १५ सम्म, सयौँ दम्पतीले पाइसके सेवा र सफलता

काठमाडौं: सिनामंगलस्थित हार्दिक आइभिएफ तथा फर्टिलिटी सेन्टरले सञ्चालनमा ल्याएको नि:शुल्क आइयुआई (IUI) क्याम्प भदौ १५ गतेसम्मका लागि विस्तार गरिएको छ। यो नि:शुल्क सेवा विशेष गरी सन्तान प्राप्तिमा समस्या भोगिरहेका दम्पतीहरूका लागि लक्षित…

उत्तराखण्डको उत्तरकाशीमा बाढी र पहिरोको कहर: ४ को मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौँ : भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा आएको भीषण बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। मंगलबार दिउँसो खीर गंगा क्षेत्रमा आएको बाढीले धराली गाउँमा ठूलो क्षति पुर्‍याएको हो। प्रहरी र प्रशासनका अनुसार कम्तीमा ४ जनाको…

बागमती प्रदेशका नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सपथ लिए

काठमाडौँ : बागमती प्रदेशको नेतृत्वमा नयाँ युग सुरु भएको छ। नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशका मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएका छन्। उनी बागमती प्रदेशका पाँचौं मुख्यमन्त्री बन्न सफल भएका हुन्।…