Online News Portal

‘लिबरेसन कन्सर्ट’ मा नेपाली विद्यार्थी परिधिको प्रस्तुति

काठमाडौँ :  दोस्रो विश्व युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना हुने नेदरल्यान्डको ‘लिबरेसन कन्सर्ट’मा नेपाली विद्यार्थीले प्रस्तुति दिएकी छिन् ।सेप्टेम्बर १२ मा भएको उक्त कन्सर्टमा नेपाली विद्यार्थी परिधि भण्डारीले कविताको प्रस्तुति दिएकी हुन् । ४ हजार हाराहारी प्रतिष्ठित अनुहारहरू उपस्थित हुने मार्ग्रातेन क्षेत्रमा भएको कार्यक्रममा डच प्रधानमन्त्री जेन्स टस्टोल्टेनवर्ग पनि सहभागी थिए ।परिधिलाई उनले अध्ययन गर्ने शैक्षिक संस्था यूनाइटेड वल्र्ड कलेज (यूडब्लूसी)को तर्फबाट स्थान दिइएको थियो । परिधिले आफ्नै कविता ‘ह्विस्पर्स फ्रम मार्ग्राटेन ग्राउन्ड ’ अर्थात् ‘ मार्ग्रातेन मैदानबाट साउती’ शीर्षक कविता वाचन गरिन् ।

Advertisement

Click the button below to skip this ad and read the full article.