Online News Portal

अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी

काठमाडौं: अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ।

सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र काठमाडौं–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मंगलबार हस्ताक्षर गरे।

कार्यकारी निर्देशक गोसाईँका अनुसार सम्झौतामा काठमाडौं–१२ मा मोतियाबिन्दु छनोट शिविर, सार्वजानिक विद्यालयमा आँखा जाँच तथा उपचार कार्यक्रम तथा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीकाका लागि आँखा उपचार सम्बन्धी प्राथमिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ।

शिविरमा मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीको आँखा अस्पतालमा निः शुल्क शल्यक्रिया गरिने छ भने दृष्टि न्यून भएका विद्यार्थीका लागि निः शुल्क चस्मा वितरण गरिने छ।

अस्पतालले यसप्रकारको सहकार्य काठमाडौं–११, ललिपुर महानगरपालिका वडा नं १८ र चन्द्रागिरि नगरपालिका वडा नं ७ सँग गरिसकेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.