Online News Portal

प्रियंकाले आमा बन्ने घोषणा पछि …

प्रकाशित: ८ मंसिर २०७८, बुधबार १६:१३ | लेखक: मालिका खबर

काठमाण्डौं/ बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको सम्बन्धविच्छेद हुने हल्ला सेलाउन नपाउँदै अर्को नयाँ चर्चा चुलिएको छ। प्रियंकाले आफ्नो नामबाट जोनस थर हटाएसँगै उनीहरुको वैवाहिक जीवनमाथि प्रश्न उठेको थियो, तर अब भने उनीहरु आफ्नो पहिलो सन्तानको अपेक्षामा रहेको हल्ला छ ।

जोनसका तीन दाजुभाइ निक, केभिन र जोको हालै नेटफ्ल्क्सिमा रिलिज भएको नयाँ कार्यक्रम ‘जोनस ब्रोथर्स फ्यामेली रोस्ट’मा उपस्थित भएर प्रियंकाले आफु आमा बन्न लागेको घोषणा गरेकी हुन्। उनले यस्तो कुरा कार्यक्रममा सार्वजनिक गर्ने बित्तिकै निक सुरुमा अलमल देखिएका थिए। केहीबेर दर्शक पनि चुपचाप भए, तर यो मौनता लामो समयसम्म भने टिकेन ।

बलिउड लाइफका अनुसार प्रियंकाको आमा बन्ने घोषणा केबल एउटा मजाक थियो। उनले कार्यक्रमकै लागि भनेर यस्तो ठट्टा गरेकी थिइन् । ‘म मजाक गरिरहेकी हुँ,’ प्रियंकाले हाँस्दै भनेकी थिइन्, ‘तर निकको अनुहार हेर्न लाएकको थियो।’ प्रियंकाले आफु मजाक गरेको भनेपछि दर्शकमाझ हाँसो चलेको बलिउड लाइफले जनाएको छ ।