Online News Portal

बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले हटायो

प्रकाशित: १ आश्विन २०८१, मंगलवार ०६:४३ | लेखक: मालिका खबर

काठमाडाैँ :  काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)काे फाेटाे भएकाे टी-शर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरूलाई प्रहरीले साइड लगाएकाे छ।

मंगलबार बसन्तपुरमा शाहकाे फाेटाे भएकाे टी शर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरुलाई प्रहरीले जात्रा भएकाे स्थलमा प्रवेश गर्न दिएकाे छैन्।

ठूलो समूहमा पुगेका उनीहरूलाई प्रहरीले जात्रा भएकाे स्थलमा प्रवेश गर्न  नदिएपछि विरोध हुने सक्ने बुझिएकाे छ।