Online News Portal

ज्योति विकास बैंकका ग्राहकलाई संगम स्विट्समा छुट

प्रकाशित: १८ भाद्र २०८१, मंगलवार ०७:३८ | लेखक: मालिका खबर

काठमाडौँ: ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित संगम स्विट्समा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकले संगम स्विट्सको कमलपोखरी आउटलेटमा न्यूनतम रु. २०० को खरिदमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकले ललितपुरस्थित मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नाेस्टिक सेन्टरमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

यसका साथै, बैंकले काठमाडौंस्थित ट्रयांक्युलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।