Online News Portal

अमेरिकाबाट आएका व्यक्ति त्रिभुवन विमानस्थलबाटै हराए

प्रकाशित: ३० भाद्र २०८१, आईतवार ०६:२७ | लेखक: मालिका खबर

काठमाडौँ: अमेरिकाबाट नेपाल आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका छन्। पर्वत पैयूँ नगरपालिका-१ का ७६ वर्षका दण्डपाणि भुसाल हराएको निवेदन आएको गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले हिमालप्रेस लाई जानकारी दिए।

‘हिजो (शनिबार) राति १०:३० बजे आसपास त्रिभुवन विमानस्थलमा आएर उहाँले आफन्तलाई फोन गरेको र आफन्त बाहिर कुरेर कुरिरहेको तर त्यसपछि कुनै सम्पर्क नभएको भनेर निवेदन आएको छ,’ उनले भने।

भुसाल हराएको विषयमा अनुसन्धान भइरहेको थेवेले जानकारी दिए।गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले विमानस्थलबाटै मानिस हराएपछि दण्डपाणिका आफन्तहरूले निवेदन दिएको जानकारी दिए।