Online News Portal

प्रधानमन्त्री पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको थियो । बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने कार्यक्रम तय थियो ।
ब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताकोे ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षदेखि बस्न सकेको छैन ।

Advertisement

Click the button below to skip this ad and read the full article.