Online News Portal

“विद्यार्थी राजनीति देखि युवाको आशा, संघर्षको कथा र नयाँ यात्राको संकेत : एसपी भट्ट”

प्रकाशित: २७ बैशाख २०८३, आईतवार १२:५३ | लेखक: मालिका खबर

काठमाडौँ : कलेजको नेविसंघ राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता एसपी भट्ट आज युवामाझ संघर्ष, साहस र नेतृत्वको प्रतीकका रूपमा चिनिन्छन्। साधारण विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा केवल पद र प्रतिष्ठाको लागि होइन, विद्यार्थी हकहित, समाज र परिवर्तनका लागि समर्पित रह्यो। कैलाली जिल्लामा नेविसंघको बलियो पकड निर्माण गर्न उनले खेलेको भूमिका आज पनि धेरै युवाले सम्झिने गर्छन्। दुःख, संघर्ष र निरन्तर मेहनतका बीच आफूलाई स्थापित गरेका भट्टले युवाको आवाज बोल्ने नेताको परिचय बनाएका थिए।
काठमाडौंमा “Empowering Democracy: Connecting MPs with Students” जस्तो कार्यक्रम सञ्चालन गरेर उनले विद्यार्थी र जनप्रतिनिधिबीच संवादको पुल निर्माण गर्ने प्रयास गरे।
विद्यार्थीका हक, अधिकार र समस्यालाई प्रत्यक्ष रूपमा राज्यसम्म पुर्‍याउने उनको सोचले धेरै विद्यार्थीमा नयाँ आशा जगाएको थियो।
केवल भाषण र कार्यक्रममै सीमित नभई, संकटको घडीमा पनि उनी अगाडि देखिए।
भारतको ‘के आइ आइ टी युनिभर्सिटी’ ओडिसामा अध्ययनरत नेपाली विद्यार्थीको दुःखद घटनापछि, अलपत्र परेका विद्यार्थीहरूलाई उद्धार गर्न उनी स्वयं रक्सौलसम्म पुगे।
विद्यार्थीहरूलाई सुरक्षित रूपमा फर्काउने कार्यमा उनको सक्रियता र मानवीय संवेदनाले धेरै अभिभावक र युवाको मन जित्यो। ‘विद्यार्थी, शिक्षक, पीडित तथा पिछडिएको वर्गका लागि उनी हमेसा नै सहयोगको लागि तम्तयार रहिरहने ब्यक्ती हुन’ सुभचिन्तकहरू बताउँछन् ।
तर यति धेरै संघर्ष, योगदान र लोकप्रियताबीच अचानक पार्टी परित्याग गर्ने निर्णयले धेरैलाई आश्चर्यचकित बनाएको छ।
प्रश्न उठिरहेको छ — आखिर किन यस्तो निर्णय ?
के उनको संघर्षको मूल्यांकन भएन ?
वा उनले देखेको परिवर्तनको सपना पार्टीभित्र सम्भव भएन ?
निकट स्रोतका अनुसार, एसपी भट्ट अब केवल पार्टीको सीमाभित्र होइन, प्रत्यक्ष रूपमा समाज, युवा र स्थानीय तहको विकासका लागि नयाँ सोचसहित अघि बढ्ने तयारीमा छन्।
उनी अब युवालाई रोजगारी, शिक्षा, नेतृत्व विकास र सामाजिक चेतनासँग जोड्ने अभियानमा केन्द्रित हुने बताइन्छ।
उनको सोच केवल राजनीति गर्ने होइन, राजनीति मार्फत परिवर्तन ल्याउने रहेको उनका समर्थकहरू बताउँछन्।
स्थानीय तहमा शिक्षा, स्वास्थ्य, युवाको अवसर र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्दै जनताको बीचमै बसेर काम गर्ने उनको आगामी योजना रहेको चर्चा छ।
संघर्षले सिकाएको अनुभव, दुःखले दिएको चेतना र युवाले दिएको विश्वासलाई साथ लिएर एसपी भट्ट अब नयाँ यात्रातर्फ अघि बढिरहेका छन्।
उनको यो निर्णय केवल पार्टी परिवर्तन होइन, सम्भवत: एउटा नयाँ विचार, नयाँ अभियान र नयाँ संघर्षको सुरुवात हुन सक्छ।