Online News Portal

बैंकिङ कसुर मुद्दामा एमाले नेता नारायण परियार पक्राउ

काठमाडौं : सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा नेकपा एमालेसँग आवद्ध नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन्। प्रहरीले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा नियन्त्रणमा लिएको जनाएको छ।

हाल सरकार काठमाडौं उपत्यकाका खोला किनारमा बसोबास गरिरहेका सुकुमबासीलाई हटाउने तयारीमा रहेको अवस्थामा उनको पक्राउ भएको हो। यद्यपि, प्रहरीका अनुसार परियारको पक्राउ सुकुमबासी व्यवस्थापनसम्बन्धी गतिविधिसँग प्रत्यक्ष सम्बन्धित छैन।

Advertisement

Click the button below to skip this ad and read the full article.