Online News Portal

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेद्वार विनोद चौधरीले कांग्रेस पार्टीभित्र गुठको राजनीतिको अन्त्य भइसकेको बताएका छन्। बर्दघाट वडा नं. ७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले विगतमा पार्टीभित्रै रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिने गरेको उल्लेख गर्दै अहिले त्यो अवस्थाको अन्त्य भएको दाबी गरे।

चौधरीले कांग्रेस अहिले स्पष्ट विकास एजेण्डा बोकेर अघि बढिरहेको उल्लेख गर्दै स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सृजना नै वर्तमान कांग्रेसको प्राथमिकता रहेको बताए। उनले आफू यस क्षेत्रमा नयाँ अनुहार नभएको भन्दै स्थानीय समस्या र आवश्यकतासँग पूर्ण रूपमा अवगत रहेको धारणा व्यक्त गरे।

उनले आफ्नो पाँच वर्षे सांसद कार्यकालमध्ये जम्मा ३० महिना मात्र काम गर्न पाएको स्वीकार गर्दै धेरै काम अझै बाँकी रहेको बताए। “बाँकी काम पूरा गर्ने प्रतिबद्धता छ,” उनले भने।

चौधरीका अनुसार यस क्षेत्रको सबैभन्दा ठूलो समस्या नागरिकताको थियो, जसको समाधान नेपाली कांग्रेसले विगत ३० महिनामै गरेको छ। भूमि सम्बन्धी कामहरू पनि तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए। यी उपलब्धिहरूले यस क्षेत्रमा विकासको जग बसेको भन्दै अब त्यसलाई थप गति दिनुपर्ने आवश्यकता उनले औंल्याए।

Advertisement

Click the button below to skip this ad and read the full article.