बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी, नियन्त्रणका क्रममा प्रहरीले चलायो गोली

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन्।
आगजनी नियन्त्रण गर्न कठिनाइ भएपछि प्रहरीले गोली प्रहार गरेको पुष्टि भएको छ। गोली प्रहार पछि घटनास्थलमा स्थिति तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मीहरूको ठूलो संख्यामा उपस्थितिमा नियन्त्रणको प्रयास भइरहेको छ।
हालसम्म गोली चलाउँदा कोही घाइते भए वा नभएकोबारे आधिकारिक जानकारी आइसकेको छैन। तर, घटनास्थल वरपर बाक्लो सुरक्षा घेराबन्दी गरिएको र थप भिडन्त नहोस् भन्ने उद्देश्यले प्रहरी उच्च सतर्क अवस्थामा रहेको बताइएको छ।
स्थानीयबासीले शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाइएको आरोप लगाएका छन् भने प्रशासनले भने परिस्थिति नियन्त्रण बाहिर गएपछि गोली चलाउनुपरेको दाबी गरेको छ।