Online News Portal

बागमती प्रदेशसभामा आज बैठक, चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक पेस हुने सम्भावना

काठमाडौँ : बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। यस बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न तयार गरिएको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।

उक्त विधेयक अहिले विषयगत समितिमा छलफलपछि टुंगिएको अवस्थामा छ। समितिबाट प्रतिवेदन तयार भएपछि बैठकमा प्रस्तुत गर्ने तयारी भएको सचिव पौडेलले बताए।

यससँगै आजको बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पनि पेस गर्नेछन्। साथै, विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्ने कार्यसूची समेत रहेको सचिवालयले जनाएको छ।

बैठकमा प्रस्तुत हुने एजेन्डा र समयतालिका तय गर्न आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसिसकेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.