Online News Portal

माओवादी केन्द्रको पदाधिकारी बैठक फेरि अनिश्चितकालका लागि स्थगि

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ। दिउँसो २ बजेका लागि तय गरिएको बैठक अन्तिम क्षणमा रोकिएको हो।

पार्टीका सचिव गंगानारायण श्रेष्ठका अनुसार, बैठक स्थगित गर्ने निर्णय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्त कार्यक्रमका कारण गरिएको हो। उनले भने, “अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी आएको छ।”

यसअघि पनि गत बिहीबारका लागि बैठक बोलाइएको थियो तर त्यतिबेला पनि विभिन्न कारण देखाउँदै स्थगित गरिएको थियो। लगातार दुईपटक बैठक नबसी स्थगित हुँदै गएपछि पार्टीभित्र महत्वपूर्ण निर्णयहरू अल्झिएका छन्।

पदाधिकारी बैठकलाई माओवादी केन्द्रले आन्तरिक विवाद समाधान, सरकार र पार्टीबीचको समन्वय, भावी रणनीति तय गर्ने जस्ता विषयमा महत्वपूर्ण मान्दै आएको छ। तर बारम्बार स्थगित हुँदा ती विषयहरूमा टुंगो लाग्न ढिलो भएको नेताहरूको भनाइ छ।

पार्टी स्रोतका अनुसार, अब बैठक कहिले बस्ने भन्नेबारे स्पष्ट मिति तोकिएको छैन।

Advertisement

Click the button below to skip this ad and read the full article.