Online News Portal

“नक्कली भुटानी शरणार्थी काण्ड : आज अदालतमा बहुचर्चित सुनुवाइ”

काठमाडौं, १८ साउन — नेपालमा निकै चासो र चर्चा पाएको नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फेरि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। बहुचर्चित यो मुद्दाको सुनुवाइ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा पहिलो नम्बरमा तोकिएको छ।

यो प्रकरणमा संलग्न भनिएका व्यक्तिहरूमा नेपाली राजनीतिका शीर्ष तहका व्यक्तिहरू समेत छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डे लगायत ३६ जना विरुद्ध अभियोग लगाइएको छ।

के हो नक्कली शरणार्थी प्रकरण?

यस प्रकरणमा सयौँ नेपाली नागरिकलाई नक्कली कागजातमार्फत भुटानी शरणार्थी देखाई अमेरिका पठाउने योजनामा संलग्न रहेको आरोप छ। अनुसन्धानका क्रममा सरकारी अधिकारी, राजनीतिक नेता, दलालदेखि लिएर सुरक्षासम्बन्धी उच्च पदस्थहरू सम्मको मिलोमतो देखिएको हो।

अनुसन्धान अनुसार, पीडितहरूसँग प्रत्येक व्यक्ति १० लाखदेखि २५ लाख रुपैयाँसम्म असुलेर अमेरिका लैजाने लोभ देखाइएको थियो। अमेरिकी तर्फबाट हुने पुनर्वास योजनालाई दुरुपयोग गर्दै ठगी र मानव तस्करीमा संगठित गिरोह लागेको देखिएको छ।

कतिजना अझै थुनामा छन्?

मुद्दामा संलग्न भनिएका ३६ जना प्रतिवादीमध्ये केही मात्र हाल थुनामा छन्, जसमा रायमाझी, पाण्डे लगायतका केही मुख्य अभियुक्त पर्छन्। बाँकीहरू धरौटीमा छुटेका वा फरार रहेका छन्।

नक्कली शरणार्थी प्रकरण नेपाली राजनीतिमा निकै ठूलो नैतिक संकटको रूपमा हेरिएको छ। एकातर्फ, यसले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रमा भ्रष्टाचार कति गहिरो रूपमा फैलिएको छ भन्ने देखाएको छ भने अर्कातर्फ यसले सामान्य जनताको विश्वासमा ठुलो चोट पुर्‍याएको छ।

यसै कारण यो मुद्दालाई नेपाली नागरिक समाज, सञ्चारमाध्यम र कानुनी क्षेत्रले अत्यन्तै चासोका साथ हेरिरहेका छन्।

आजको सुनुवाइले मुद्दा कुन दिशातर्फ जान्छ भन्ने संकेत दिने अपेक्षा गरिएको छ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.