Online News Portal

चौधरी ग्रुपविरुद्ध भ्रामक प्रचार गरेबापत एभीन्युजलाई अदालतको जरिवाना

काठमाडौँ : चौधरी ग्रुपविरुद्ध तथ्यहीन र नियोजित रुपमा भ्रामक प्रचार गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले संचार गृह एभीन्युज टेलिभिजनलाई दोषी ठहर गर्दै रु ५,००० जरिवाना गर्ने फैसला गरेको छ।

न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उक्त आदेश जारी गर्दै, एभीन्युज टिभीले चौधरी ग्रुप तथा यसअन्तर्गत सञ्चालित विभिन्न कम्पनीहरुमाथि कपोकल्पित समाचार प्रसारण गरी भ्रम फैलाउने कार्य गरेको ठहर गरेको हो।


विगत केही समयदेखि एभीन्युज टेलिभिजनले चौधरी ग्रुपको छवि खराब पार्ने नियतले निरन्तर रुपमा गलत समाचार सम्प्रेषण गर्दै आएको थियो । तसर्थ चौधरी ग्रुपले २०८१ साल जेठ ६ गते एभीन्युज विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो।
अदालतको यो आदेशले तथ्यबिनाका समाचार तथा नियोजित भ्रामक सूचना प्रसारण गरेमा उत्तरदायी हुनु पर्ने कानुनी कारबाहीको भागि हुनुपर्ने स्पष्ट सन्देश दिएको छ।

चौधरी ग्रुपले एभीन्युज टिभीले आफ्नो स्वार्थ पुरा नभएपछि वारम्बार ग्रुप र सम्बद्ध कम्पनी विरूद अपवाह फैलाउने काम गरेकाले अदालत जानु परेको बताएको छ । लोकतन्त्रमा प्रेस स्वतन्त्रता भनेको सत्य तथ्य समाचार प्रसारणको कानुनी ग्यारेन्टी हो तर असत्य र तथ्यहीन समाचार कारबाहीको दायरामा आउनु पर्छ भन्ने स्पस्ट फैसला अदालतबाट आउनु समग्र पत्रकारिताका लागि सुखद समाचार हो ।

Advertisement

Click the button below to skip this ad and read the full article.