Online News Portal

पित्तथैली शल्यक्रियापछि चार महिनासम्म बेहोस रहेकी पविता यादवको निधन

काठमाडौँ : २५ वर्षीया पविता यादवको आज बिहान काठमाडौंको केएमसी अस्पतालमा निधन भएको छ। उनी गत माघ ३ गते जनकपुरधामस्थित दर्ताविहीन मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरेपछि बेहोस भएकी थिइन्।

 

 

प्रारम्भिक उपचार जनकपुरमै भए पनि सुधार नआएपछि साढे तीन महिनाअघि काठमाडौं ल्याएर केएमसी अस्पतालमा भर्ना गरिएको थियो।

 

अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा आज बिहान ७ बजे उनको मृत्यु भएको हो। शवलाई फ्रिजमा राखिएको छ र परिवारका सदस्यलाई बोलाएर शव व्यवस्थापनमा समन्वय गर्न भनिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.