Online News Portal

पोखरामा यौन व्यवसाय सञ्चालनको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित तीन जना पक्राउ

प्रकाशित: १ जेष्ठ २०८२, बुधबार ०६:२९ | लेखक: मालिका खबर

काठमाडौँ : पोखरा महानगरपालिका–८ स्थित सिर्जनाचोकको एक रेस्टुरेन्टमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंगलबार छापा मारेको थियो।

 

 

उक्त कारबाहीमा रेस्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा–५ मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमल्सिना, र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङलाई पक्राउ गरिएको छ।

प्रहरीले रेस्टुरेन्टबाट पाँच जना महिलालाई उद्धार गरी सेफ हाउसमा राखेको जानकारी दिएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखनसम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिकुमार बस्नेतले बताएका छन्।