विद्युतीय सवारी प्रवर्द्धनमा सांसद शाहको जोड: सरकारलाई नीति र सहुलियतमार्फत पहल गर्न आग्रह

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले पेट्रोलियममा निर्भरता घटाउने, वैदेशिक मुद्रा बचत गर्ने र वातावरणीय सुधार गर्न विद्युतीय सवारीसाधनको प्रवर्द्धन अपरिहार्य रहेको बताए। उनले कानुनी, प्राविधिक र नीतिगत संरचना निर्माण, अनुदान तथा कर छुट जस्ता सहुलियत, दक्ष जनशक्ति उत्पादन, र चार्जिङ पूर्वाधार विस्तारका लागि निजी–सार्वजनिक साझेदारीलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव राखे। शाहले यो विषयलाई राष्ट्रिय प्राथमिकताको रूपमा लिन सरकारलाई आग्रह गरेका छन्।