Online News Portal

शिक्षक आन्दोलनमा साथ नछाड्नेहरूलाई इतिहासले सम्झनेछ : अध्यक्ष सोमनाथ गिरी

प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार ०५:३७ | लेखक: मालिका खबर

काठमाडौँ : काठमाडौँमा शिक्षा ऐनको माग गर्दै जारी शिक्षक आन्दोलन २४ औं दिनमा प्रवेश गरेको छ।

 

 

नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले आन्दोलन निर्णायक मोडमा पुगेको बताएका छन्। उनले शैक्षिक सुशासन, पेसागत अधिकार र स्थायित्व सुनिश्चित गर्न शिक्षा ऐन आवश्यक रहेको बताएका छन्। गिरीले आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै चेतावनी दिएका छन् र सरकारले चाँडै सकारात्मक पहल नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन्।