Online News Portal

नवराज विक हत्या प्रकरण: उच्च अदालत सुर्खेतमा २६ पुनरावेदन निवेदनमाथि सुनुवाइ जारी

काठमाडौँ: २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा जाजरकोटका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतमा २६ वटा पुनरावेदन निवेदनमाथि सुनुवाइ भइरहेको छ। न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ सुरु भएको हो।

 

 

 

यसअघि जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते उक्त घटनामा संलग्न ठहर गर्दै तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। साथै, नवराजकी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो। आठ जनालाई भने अदालतले सफाइ दिएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध २४ जनाले पुनरावेदन दायर गरेका छन्, भने नवराज विकका बुवा मुनलाल नेपालीले दुई वटा पुनरावेदन निवेदन दायर गरेका छन्। उच्च अदालत सुर्खेतमा यी सबै पुनरावेदन निवेदनमाथि सुनुवाइ जारी छ।

Advertisement

Click the button below to skip this ad and read the full article.