Online News Portal

दुर्गा प्रसाईं अदालत उपस्थित, हिरासत म्याद थप

काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल फर्काएर काठमाडौँ जिल्ला अदालतमा प्रस्तुत गरिएको छ।

 

 

प्रसाईं झापाको भद्रपुर हुँदै विमानमार्फत काठमाडौँ ल्याइएका थिए। उनलाई अनुसन्धानका लागि हिरासत म्याद थप गरिएको छ। प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई पूर्वी सीमाबाट नियन्त्रणमा लिइएको थियो। उनीमाथि ज्यान मार्ने उद्योगसहित विभिन्न आरोपमा अनुसन्धान भइरहेको छ। उक्त प्रदर्शनमा दुईजनाको मृत्यु र सयभन्दा बढी घाइते भएका थिए, साथै आगजनी, तोडफोड र लुटपाटसमेत भएको थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.