Online News Portal

कर्मचारीहरूको तलब सोमबारसम्म वितरण हुने: प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको निर्देशन

प्रकाशित: २१ चैत्र २०८१, शुक्रबार ०६:३० | लेखक: मालिका खबर

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले रोकिएको कर्मचारीहरूको तलब वितरणका लागि निर्देशन दिएका छन्।

 

शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनले आगामी सोमबारसम्म तलब वितरण हुने गरी आवश्यक प्रक्रिया अघि बढाएका हुन्।

यसअघि, गुरागाईं गत पुस ७ गतेदेखि बिदामा बसेका थिए र बिहीबार कार्यालयमा पुनः हाजिर भएका थिए। उनको अनुपस्थितिका कारण महानगरपालिकाका करिब ३,५०० कर्मचारीहरूको तलब दुई महिनादेखि रोकिएको थियो।

गुरागाईंको पुनरागमनसँगै तलब वितरण प्रक्रिया अघि बढेको छ, जसले कर्मचारीहरूको आर्थिक समस्या समाधानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।