Online News Portal

नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना छैन : महामन्त्री शर्मा

प्रकाशित: १७ चैत्र २०८१, सोमबार ०७:२८ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र फर्काउने प्रयास विगतमा असफल भइसकेको भन्दै अब यसको पुनःस्थापनाको कुनै सम्भावना नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वपञ्चहरूले अहिले संवैधानिक राजतन्त्रको वकालत गरिरहेको भन्दै आलोचना गरे।

 

शर्माले कांग्रेसले विगतमा लोकतन्त्रका लागि ठूलो मूल्य चुकाएको स्मरण गराउँदै मुलुकमा समावेशी लोकतन्त्र नै टिक्ने विश्वास व्यक्त गरे।