Online News Portal

मुस्लिम समुदायद्वारा इद उल फित्र हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ : आज मुस्लिम समुदायले इद उल फित्र पर्व उत्साहका साथ मनाइरहेका छन्। नजिकका मस्जिदहरूमा भेला भई सामूहिक प्रार्थना गरी शुभकामना आदान–प्रदान गरिँदैछ।

 

इद उल फित्र इस्लाम धर्मको प्रमुख चाडमध्ये एक हो, जुन रमजान महिनाभर गरिएको उपवास (रोजा) को समापनका रूपमा मनाइन्छ। यस अवसरमा मुस्लिम धर्मावलम्बीहरू सूर्योदयदेखि सूर्यास्तसम्म भोजन र भौतिक सुख–सुविधाबाट टाढा रहँदै आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति तथा आत्मसंयमको अभ्यास गर्छन्।

नेपाल सरकारले पनि यस पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ। काठमाडौंको जामे मस्जिदमा इद मनाइरहेको झलक तस्वीरहरूमा हेर्न सकिन्छ।

Advertisement

Click the button below to skip this ad and read the full article.