Online News Portal

पत्रकार सुरेश रजकको निधनप्रति शोक: निष्पक्ष छानबिनको माग

प्रकाशित: १५ चैत्र २०८१, शनिबार ०७:३९ | लेखक: मालिका खबर

काठमाडौँ : पत्रकार सुरेश रजकको १५ चैत्रमा एभिन्यूज टेलिभिजनका लागि सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा निधन भएको छ।

 

 

मिडिया एलायन्स नेपालले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै रजकको पत्रकारितामा समर्पणको सम्मान गरेको छ। संगठनले सरकारको ढिलासुस्ती, सुरक्षा निकायको लापरवाही, र अभिव्यक्ति स्वतन्त्रतामाथि पर्ने असरको निन्दा गरेको छ। निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै, यदि न्याय नपाइए प्रेस स्वतन्त्रताको रक्षाका लागि संघर्ष जारी रहने चेतावनी दिएको छ।