Online News Portal

कुलमान घिसिङको पुनर्बहाली मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

प्रकाशित: १४ चैत्र २०८१, शुक्रबार ०७:२४ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहाली सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

 

शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई पुनर्स्थापना गर्ने सरकारको निर्णय खारेज गरियोस् भन्ने उनको मागलाई तत्कालका लागि अस्वीकार गरेको हो।