Online News Portal

सर्वोच्चमा कुलमानको रिट दर्ता, हितेन्द्रदेवको रिट फिर्ता

प्रकाशित: १३ चैत्र २०८१, बिहीबार ०८:०५ | लेखक: मालिका खबर

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पुनः पदमा  माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

 

 

उता, हाल नियुक्त भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघिको आफ्नो बर्खास्तीविरुद्ध दायर गरेको रिट भने सर्वोच्च प्रशासनले प्रक्रिया नपुगेको भन्दै फिर्ता गरेको छ। शाक्यले आफ्नो मुद्दाको छिटो टुंगो लगाउन माग गरेका थिए, तर अदालतले आवश्यक कागजात नपुगेको भन्दै निवेदन अस्वीकृत गर्यो।