Online News Portal

बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा कार्यकारी अधिकृतविरुद्ध कारबाहीको सिफारिस छैन

प्रकाशित: ११ चैत्र २०८१, मंगलवार ०७:५५ | लेखक: मालिका खबर

काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमार्फत काठमाडौं टावरको नक्सा पाससम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका छन्।

 

 

उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई अनियमितताको आरोप लगाउँदै हाजिरी रोक्का गरेका थिए। तर, प्रतिवेदनमा गुरागाईंविरुद्ध कुनै कारबाहीको सिफारिस गरिएको छैन।

प्रतिवेदनमा न त गुरागाईंको काम पूर्णरूपमा गलत ठहर गरिएको छ, न त उनले अधिकारको दुरुपयोग गरेको भन्ने उल्लेख छ। मेयर शाहकै निर्देशनमा पाँच लाख जरिवानासहित नक्सा पास गरिएको देखिन्छ। प्रतिवेदनले सम्झौता संशोधनको आवश्यकता औंल्याए पनि कार्यकारी अधिकृतमाथि कारबाहीको माग भने गरेको छैन।