Online News Portal

“सिराहा औरही घटनामा राष्ट्रियसभाको माग: गाउँपालिका अध्यक्ष शिवजी यादव पक्राउ र दोषीमाथि कारबाही होस्”

प्रकाशित: ७ चैत्र २०८१, शुक्रबार ०७:२६ | लेखक: मालिका खबर

काठमाडौँ : सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्न दलित (डोम) समुदायका दीपक मरिकको घर भत्काएर उठिबास लगाइएको घटनामा राष्ट्रियसभामा आवाज उठेको छ।

 

 

राष्ट्रियसभा सदस्य गोमादेवी तिम्सिनाले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पक्राउ गरी घटनामा संलग्न सबैलाई कारबाही गर्न माग गरेकी छन्।

साथै, सांसद तुलप्रसाद विश्वकर्माले दोषीलाई नियन्त्रणमा लिएर पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

यस घटनापछि पीडित परिवारलाई धाकधम्की दिने कार्य भएको छ। गाउँपालिका अध्यक्ष यादव र जनमत पार्टीका नेता दिलीप यादवका समर्थकहरूले पीडितलाई धम्की दिएको बताइएको छ।

घटनाको चौतर्फी आलोचना पछि सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ।
\