Online News Portal

अनलाइन टीभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघ एकीकरणमा

प्रकाशित: ६ चैत्र २०८१, बिहीबार ०४:०७ | लेखक: मालिका खबर

काठमाडौँ : अनलाइन टीभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण भएको छ। सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनलाइन टीभी पत्रकार संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मी र डिजिटल मिडिया पत्रकार संघका उपाध्यक्ष भोजराज थापाले दुई संस्थालाई एक बनाएका हुन्।

 

 

यस एकीकरणपछि डिजिटल मिडिया पत्रकार संघको सम्पूर्ण दायित्व, प्रशासनिक जिम्मेवारी तथा आर्थिक व्यवस्थापन अनलाइन टीभी पत्रकार संघले गर्नेछ। नेपालमा अनलाइन टीभी पत्रकारितालाई व्यवस्थित, सुदृढ, र जिम्मेवार बनाउने उद्देश्यले एकता गरिएको हो। एकीकृत संस्थाको नाम अनलाइन टीभी पत्रकार संघ रहनेछ।