Online News Portal

राजावादी गतिविधि बढेपछि माओवादीको जागरण अभियान स्थगित, नेताहरू काठमाडौं फर्किंदै

प्रकाशित: २५ फाल्गुन २०८१, आईतवार ०५:१० | लेखक: मालिका खबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरु गरेको ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’ आइतबारदेखि केही समयका लागि स्थगित गरेको छ।

 

 

पछिल्लो समय राजावादी गतिविधि बढेको भन्दै माओवादीले अभियान स्थगित गरी नेताहरूलाई काठमाडौं फर्काउने निर्णय गरेको हो। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा राजसंस्थाको पुनर्स्थापनाको विषय उठाएपछि राजावादी समूहहरूले आन्दोलनलाई तीव्रता दिएका छन्।

ज्ञानेन्द्रले गण्डकी प्रदेशका विभिन्न मन्दिरहरूको दर्शनपछि पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए। उनी आज दिउँसो काठमाडौं फर्किंदै छन्, जसको स्वागतमा राजावादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन्।