Online News Portal

काठमाडौं महानगरको छानबिन प्रतिवेदन आएपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाइने: मन्त्री गुप्ता

काठमाडौँ: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि मात्र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइने बताएका छन्। पूर्वसचिव शंकरप्रसाद पाण्डेको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन महानगरले अझै सार्वजनिक नगरेको भन्दै उनले प्रतिवेदन आएपछि मन्त्रिपरिषद्को बैठकमा निर्णय गरिने बताए।

यसैबीच, मन्त्री गुप्ताले वीरगञ्ज र विराटनगर महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको जानकारी दिए। रिक्त स्थान पूर्तिका लागि ३८ जना सहसचिव आवश्यक रहेको उल्लेख गर्दै उनले चाँडै व्यवस्थापन गरिने बताए। मेयर बालेन शाहले काठमाडौं टावरको नक्सा स्वीकृत प्रक्रियामा अनियमितता भएको भन्दै गुरागाईंमाथि छानबिन समिति गठन गरेका थिए।

Advertisement

Click the button below to skip this ad and read the full article.