Online News Portal

पूर्वराजा ज्ञानेन्द्र शाह कुलपूजाका लागि स्याङ्जा प्रस्थान

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार ०७:४१ | लेखक: मालिका खबर

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी बहिनी र छोरीसँगै सोमबार स्याङ्जा पुगेका छन्। केही समयदेखि पोखरामा बस्दै आएका शाह स्याङ्जास्थित शाहवंशीय कुलमन्दिर आलमदेवीमा पूजाका लागि पुगेका हुन्। उनका अनुसार, मंगलबार बिहान रुद्रीपूजनसहितको पूजाअर्चना सम्पन्न भएपछि उनी फर्किनेछन्।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शाहले पोखराबाट जारी गरेको भिडियो सन्देश चर्चामा छ। उक्त सन्देशमा उनले आफ्नो परिवारको धैर्यतालाई कमजोर नआँक्न आग्रह गर्दै आगामी कदममा साथ दिन आह्वान गरेका थिए। यसले नेपाली समाजमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। स्याङ्जामा उनका समर्थकहरूले ‘राजा आउ, देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए।