Online News Portal

राष्ट्रिय भेलामा सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ। भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि छन्।

भेलाको दोस्रो दिन बुधबारको अन्तिम सत्रमा मात्रै सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ।

भेलाको कार्यतालिकाअनुसार सभापति लामिछानले अपराह्न ४ः३० बजे राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसलगत्तै निष्कर्ष प्रस्तुत गर्ने र भेला सक्ने कार्यतालिका छ।

‘विधान संशोधनका क्रममा लामो छलफल भएकाले सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छैन।

Advertisement

Click the button below to skip this ad and read the full article.