काठमाडौं: चाडपर्व नजिक आएसँगै गाडीको आयात बढ्न थालेको छ । भदौ महिनाको २६ गतेसम्मको तथ्यांक अनुसार तातोपानी नाकाबाट ४०६ यूनिट विद्युतीय साधन नेपाल भित्रिएका हुन् ।
अहिले ओमोडारजेको, एमएडब्लू वृद्धि कर्प, जिकर, भोल्ट्स जस्ता ब्राण्डका विद्युतीय साधन तातोपानी नाका हुँदै आइरहेको भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले बताए ।
‘बजेटपछि बल्ल गाडी आयात सुरु भएको छ । भदौ २६ गतेसम्म ४०६ यूनिट गाडी आयात भएका छन् । यी सबै कार भने होइनन् । त्यसमा माइक्रो बसपनि छन्’, सूचना अधिकारी काफ्लेले भने । नाडा अटो शो २०२४ मा निकै राम्रो संख्यामा विद्युतीय सवारीसाधन बुकिङ भएका छन् । त्यसैले कम्पनीहरुले दशैं-तिहार लक्षीत साधनको आयात बढाउने देखिन्छ ।