Online News Portal

वीर अस्पतालमा फेरि सुरू भयो जलनको उपचार

काठमाडौं: वीर अस्पतालमा फेरि जलन उपचार सेवा सुरू भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो।

मन्‍त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पनि बताए।

सरकारले क्यान्सर, मिर्गौलालगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। अब जलनका बिरामीका लागि पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो।उनले उपचारको अभावमा जलनका बिरामीको मृत्यु हुने गरेकाले सरकारले त्यस्ता बिरामीको उपचारका लागि सो केन्द्र स्थापना गरेको उनको भनाइ छ। मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए।

Advertisement

Click the button below to skip this ad and read the full article.