Online News Portal

ओली बिरोधको सीमा नाघ्दा मेटमणिले लिपुलेक, लिम्पियाधुरा भारतको दाबी गरिदिए

काठमाडौं: नेकपा एकीकृत समाजवादीका सबै नेता एमाले फर्किए पनि केपी शर्मा ओली रहुन्जेल मेटमणि चौधरी फर्किने खालको मानसिकता नभएका नेता हुन्। उनी ओलीविरुद्धको अभिव्यक्ति र काममा सबै सीमा नाघ्न तयार छन्।

यहि क्रममा चौधरीले एउटा अन्तरवार्ताका क्रममा नेपालको नयाँ नक्शामा ओली नेतृत्वको तत्कालिन सरकारले कायम गराएको ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा’ भारतको भएको दाबी गरिदिए।

जबकि, उक्त नक्शा पास गराउने प्रतिनिधि सभामा चौधरी पनि एक सांसद थिए।

गत प्रतिनिधि सभा निर्वाचनमा दाङ–१ बाट सत्ता गठबन्धनको उम्मेदवारी दिएर जित निकालेका चौधरी एमाले र ओलीविरुद्ध आगो ओकल्ने मध्यका एक नेता हुन्।

बिरोधको हद पार गर्दा उक्त अभिव्यक्ति दिएपछि चौधरीलाई नेकपा एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको छ।

महासचिव घनश्याम भुसालले चौधरीलाई स्पष्टीकरण सोधेका हुन्।

भुसालले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ,‘गत भाद्र २५ गते साँझ प्राइम टेलिभिजनको जनता जान्न चहान्छन् कार्यक्रममा तपाईले लिपुलेक र कालापानीमाथि इन्डियाले आफ्नो दाबी गरेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.