Online News Portal

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन सर्याे

प्रकाशित: १७ भाद्र २०८१, सोमबार ०७:५९ | लेखक: मालिका खबर

काठमाडौं :  हप्तौं लामो विवाद र सेन्सरको अन्योलबीच बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म अब सेप्टेम्बर ६ मा रिलिज हुनेछैन ।

त्यहाँको सेन्सर बोर्डले फिल्ममा थप कटौती गर्न चाहिरहेको थियो । बोर्डले सुरुमा फिल्मलाई स्वीकृति दिएपनि प्रमाणीकरणमा रोक लगाएको थियो ।

बलिउड अभिनेत्री कंगना रनावतको आगामी फिल्म ‘इमरजेन्सी’ को रिलिज डेट सरेको छ।

६ सेक्टेम्बरबाट रिलिज हुने भनिएको फिल्म सेन्सर सर्टिफिकेट नपाएपछि सारिएको हो। उक्त जानकारी कंगना रनावतको टिमका एक सदस्यले दिएका हुन्।

आगामी १० दिनभित्र फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने निर्माण टिमले बताएका छन्। केही दिनअघि अभिनेत्री कंगनाले सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै फिल्म सेन्सर भएपनि सेन्सर सर्टिफिकेट नदिएको बताएकी थिइन्।

‘हाम्रो फिल्मले सेन्सर बोर्ड सर्टिफिकेट पाएको छ भन्ने हल्ला चलिरहेको छ, यो सत्य होइन। हाम्रो फिल्म सेन्सर बोर्डले पास गरेको थियो तर यसको सर्टिफिकेट रोकिएको छ। हामीलाई धेरै ठाउँबाट ज्यान मार्ने धम्की आएको थियो। सेन्सर बोर्डलाई पनि धम्की दिइएको थियो,’ उनले भनेकी थिइन्।