Online News Portal

सुनको मूल्य घट्यो

प्रकाशित: १६ भाद्र २०८१, आईतवार ०६:३० | लेखक: मालिका खबर

काठमाडौंँ; सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा २५ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९५ निर्धारण भएको छ।