सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
काठमाडौं : विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरुसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो ।
प्रस्तावित कार्यतालिका अनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ । त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने छ ।