Online News Portal

सहकारी ठगीमा रवि लामिछानेको संलग्नताको प्रमाण छानबिन समितिलाई दिएका छौँः गगन थापा

प्रकाशित: १३ भाद्र २०८१, बिहीबार ०९:५८ | लेखक: मालिका खबर

काठमाडौँ :  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको प्रमाण रहेको बताएका हुन्। उनले आफूहरुसँग भएको प्रमाण छानबिन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको उल्लेख गरे।

उनले ९ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको दाबी गरे।

उनले भने, ‘केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोई? प्रमाण खोई? भनेर खोजिराख्नु भएको पाएँ। त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ। त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि। त्यसको टिओआर हामीले लेख्न लगाएको हो। नाम लेख्न लगाएको हो।