Online News Portal

भासियो सडक

काठमाडौँ:काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा नजिकैको सडक भासिएको छ।

टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्।

दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो।सडक भासिएपछि उक्त खण्डमा रातिदेखि नै आवागमन प्रभावित भएको छ।

अहिले उक्त सडक खण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ। यस सडक खण्ड केही दिनअघि पनि भासिएको थियो। भत्किएको खण्ड पुरेर आवागमन सुरू गरिए पनि सडक फेरि भासिन पुगेको स्थानीयले बताएका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.