Online News Portal

रानीपोखरी र रानीपोखरी दरबारको पृष्ठभूमि

काठमाडौं:  काठमाडौंको कमलादी स्थित स्काई भ्यु टावरबाट देखिएको रानीपोखरी र पृष्ठभूमिमा दरबार हाई स्कूलको दृश्य ।

भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो। भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भइरहेको यस विद्यालय पहिले जस्तै नै देखिन्छ।

यही पुस महिनाभित्र काम सक्नेगरी निर्माणको काम भइरहेको छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ। तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन्।

निर्माणको कामअन्तर्गत अहिले ढोका राख्ने, रङ लगाउने, आँगनको छेउमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ भने अन्य काम सकिसकेको छ। ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण भइरहेको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठाको भएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.