काठमाडौँ: सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहप्रशासनसँग छलफल गरेको छ । समितिको सोमबार बिहान बसेको बैठकमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव र प्रहरी प्रमुखसँग छलफल गरिएको हो । समितिले आजको बैठकमा सहकारीबाट बचतकर्तालाई ठगेर देश छोडेर फरार रहेका व्यक्तिका साथै समग्र अनुसन्धानका विषयमा गृह सचिव नारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सीआईबी प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको हो ।
बैठकमा गृह मन्त्रालय र प्रहरी संगठनअन्तर्गतका निकायले सहकारी क्षेत्रमा गरेको अनुसन्धानको बारेमा गम्भीर छलफल गरेको सभापति सूर्य थापाले बताए ।
बचतकर्ताको बचत अलचलन गरेर, सहकारीबाट ऋण लिएर केही सञ्चालन तथा ऋणी फरार रहेका छन् । उनीहरुको विषयमा पनि छलफल भएको थापाले बताए ।